बेलबारी : बेलबारी नगरपालिका ७ स्थित दौलतपुर सिरानमा सफारीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मे १ ह १९१५ नम्बरको सफारीले ठक्कर दिदा करिब ५० बर्षीय कमला कार्कीको घटनास्थलमै मृत्यु भएको हो । घरको आँगनमा दाल केलाएर बसेकी कार्कीलाई बिहिबार करिब साढे ४ बजेतिर पछाडिबाट सफारीले ठक्कर दिएको थियो । घटनाका प्रत्यक्षदर्शी एवं पशु चिकित्सक फडिन्द्रप्रसाद अधिकारीका अनुसार घटनाको समयमा सफारीका वास्तविक चालकले सफारी चलाएका थिएनन् ।
सफारी मालिक एवं चालक सुजन राई सफारी रोकेर पिसाब फेर्न गएको मौकमा इन्द्रबहादुर श्रेष्ठले सफारी चलाउदा यो घटना भएको हो । मृतक कार्कीको शव पोष्माटमको लागि विराटनगरको गोल्डेन हस्पिटलमा लगिएको छ भने सफारी मालिक राई प्रहरी हिरासतमा राखिएको छ । सफारी चलाएर महिलालाई ठक्कर दिने श्रेष्ठ फरार रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।