अमेरिकाका प्रधानन्यायाधीश जन रोबर्टसले एक असाधारण कदम चाल्दै राष्ट्रपति ट्रम्पको सार्वजनिक आलोचना गरेका छन्।
ट्रम्पले एक संघीय न्यायाधीशले आफ्नो आदेश विपरीत फैसला गरेको झोकमा उनलाई ओबामा पक्षधर न्यायाधीशको संज्ञा दिएपछि प्रधानन्यायाधीश रोबर्ट्सले उनको आलोचना गरेका हुन् ।
आप्रवासीसम्बन्धी आफ्नो नीति उल्ट्याउने गरि फैसला भएकोमा राष्ट्रपति ट्रम्पले ती संघीय न्यायाधीश ओबामा पक्षधर भएको आरोप लगाएका थिए। तर उनको त्यस्तो आरोपको अमेरिकाको सर्वोच्च अदालतका प्रमुखले कडा प्रतिक्रिया दिए।
bbc.com बाट साभार गरिएको


































































