माइ नेम इज लखन गीतबाट चर्चा बटुलेका वरिष्ठ भारतिय गायक मोहम्मद अजिजको निधन भएको छ। उनको मुम्बईस्थित नानावटी अस्पतालमा ६४ वर्षको उमेरमा निधन भएको हो। उनले हिन्दी, बंगाली तथा ओडिया फिल्मका करिब दुई हजार गीत गाएका छन्। हृदयघातबाट उनको निधन भएको हो।बंगाली फिल्म ज्योतिुबाट गायन यात्रा सुरू गरेका अजिजले सन् १९८४ मा अम्बरु फिल्ममा स्वर दिदैं बलिउड पार्श्वगायनमा प्रवेश गरेका थिए। अनु मल्लिकले उनलाई मर्द टाङ्गेवाला फिल्मबाट ठूलो ब्रेक दिएको मानिन्छ।
setopati.com बाट साभार गरिएको


































































