एजेन्सी: आज बलिउड नायिका प्रियंका चाेंपडा र निक जोनास क्रिस्चियन परम्परा अनूसार विवाह गर्दैछन प्रियंका उनको विवाहको लागि एक विशेष सेतो रंगको गाउन लगाउने र निक पनि सामान्य पोसाकमा देखिनेछन । विवाह पछि एक सानो ब्रेक हुनेछ जसमा प्रियंका र निक को परिवारले साना भाषण दिनेछन ।

हिन्दू परम्परा अनुसार पनी विवाह हुने

शुक्रबारदेखि, विवाहको अनुष्ठान उदय भवन मन्दिर जोधपुरमा सुरु भएको छ । आज क्रिस्चियन परम्परा अनुसार, भोलि हिन्दु परम्परा अनुसार विवाह हुनेछ । विबाहमा आउने पाहुनाकालागी सबै होटल कोठाहरू बुक गरिएको छ । प्रियंकाले आफ्नो विवाहमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत निमन्त्रणा गरेकिछन् ।