धरान: उदयपुरकी रमिला बस्नेतले धरानमा सम्पन्न भएको ‘मिस स्टेट १’ प्रतियोगिताको उपाधि जितेकी छन् ।

बागिना कला केन्द्रले आयोजना गरेको प्रतियोगिताको शनिबार राती सम्पन्न फाइनलमा अन्य १२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । चौदण्डीगढी नगरपालिका बेल्टार घर भएकी रमिलाले मिस एसएसएस भोटिङको उपाधिसँगै प्रतियोगिताकै ताज जितेकी हुन् । उनले पुरस्कार स्वरुप स्कुटर पनि हात पारिन् । सोही प्रतियोगितामा मोरङकी प्रज्ञा गिरी फस्ट रनर अप भइन् भने ताप्लेजुङकी निशा गुरुङ सेकेण्ड रनरअप भइन् । उनीहरुले क्रमशः ताजसँगै नगद ५० हजार र २५ हजार हात पारिन् ।

47422739_362242924348861_1377950414795702272_o

प्रतियोगितामा मिस ट्यालेन्ट र हिमालयन ग्रिन मिस बेष्ट फिगरको टाइटल प्रदिपा राईले जितिन् । ह्वाइट मिस पर्सनालिटी मिस चार्मिङको टाइटल निशा गुरुङ, मनकामना बुक्स मिस डिसिप्लिनको टाइटल नमिता लिम्बू, मिस एक्टिभको टाइटल प्रज्ञा गिरी, मिस पब्लिक च्वाइसको टाइटल श्रीषा याम्फु राईले जितिन् । यस्तै, मिस पङचुअल अस्मिता राई, मिस क्याटवक सुनिता शर्मा, मिस वेष्ट हेयर रेश्मा राई, मिस वेष्ट इस्माइल किनजल याक्खा, मिस फोटोजेनिक रेन्सा लिम्बूले जितिन् ।