धरान : धरानस्थित फ्रेन्ड्स गार्डेन लाउञ्ज एन्ड बारमा स्वरसम्राट नारायण गोपालको स्मृतिमा सांगीतिक कार्यक्रम हुने भएको छ । दर्जनौं कालजयी गीत गाएका नारायण गोपालको स्मृति दिवसको अवसरमा मंसीर १९ गते साँझ सांगीतिक कार्यक्रम हुन लागेको हो । कार्यक्रममा डिल्ली फोम्बो एन्ड द मोक्स ब्यान्डले प्रस्तुती दिने कार्यक्रम रहेको फ्रेन्ड्स गार्डेनका म्यानेजर रोशन प्रधानले बताए । लामो समयदेखि सांगीतिक क्षेत्रमा रहेका गायक फोम्बोले नारायण गोपालका चर्चित गीतहरु गाउने छन् भने द बिमोक्स ब्यान्डले उनलाई साथ दिने छ ।  हप्तामा तीन दिन सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको फ्रेन्ड्स गार्डेनले समय समयमा विशेष सांगीतिक कार्यक्रम पनि आयोजना गर्दै आएको छ । यसअघि नेपाल आइडलका सहभागीहरु मिलन परियार, जेस्मी लिम्बूको सांगीतिक कार्यक्रम गरिएको थियो भने त्यसअघि आनन्द कार्की, यशकुमार, दीप श्रेष्ठ लगायतले पनि गाएका थिए ।