झापा: कमल नगर जेसिजले सञ्चालन गरेको जेसिज सप्ताह कार्यक्रम अन्तरगत शुक्रवार विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । कमल गाउँपालिका भित्र रहेका माध्यमिक विधयालयमा अध्यायनरत विद्यार्थीहरुबीच ‘आजको नेपाल अनि युवाको भुमिका’ विषयमा अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो ।
कमल गाउँपालिका भित्र रहेका माध्यमिक विद्यालय मध्ये १४ वटा विद्यालयका छात्र र छात्रा गरी २३ जना विद्यार्थीहरु सहभागी रहेका थिए । सहभागीमध्ये हिमाली ईङ्गलिस वोडिङ्ग स्कुल कमल ७ का आदर्श सिग्देल प्रथम भए । यस्तै, हिमाली ईङ्गलिस वोडिङ्ग स्कुल कमल ७ कै योजना तिम्सिना द्धितिय भए भने स्मारिका ईङ्गलिस वोडिङ्ग स्कुल कमल ५ का विष्णु विष्ट तृतीय भएका थिए । प्रतियोगितामा वण्डरव्याण्ड माध्यमिक विद्यालय कमल ३ की शिखा न्यौपाने सान्त्वना भइन् । लालिमा आवसिय माध्यमिक विध्यालय कमल ३ का अनुपम सुवार र श्रृष्टि आङ्गवोहाङ्गको प्रसतुति उत्कृष्ट भएको निर्णणक मण्डलका संयोजक आरवि थापाले जानकारी दिए ।
उत्कृष्ट विद्यर्थीहरुलाई प्रमाणपत्रसहित नगदबाट पुरस्कृत गरीएको थियो । त्यसैगरी कमल नगर जेसिज वर्ष २०१८ का अध्यक्ष तथा कमल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जेसि केदार कटुवालले कमल १ स्थित बाँसवारी आधारभुत विद्यालय कक्षा ९ मा अध्यायनरत रोशनी तामाङ्गको अभिभावकक्त्व ग्रहरण गर्दै विद्यालय जाँदा लगाउने पोशाक, स्कुल व्याग र स्टेसनरी प्रदान गरेका थिए । सप्ताह कार्यक्रमका मुल संयोजक जेसि विष्णु भक्त लामिछानेको अध्यक्षतामा भएका कार्यक्रममा प्रमुख अतिथी नेपाल जेसिज वर्ष २०१७ का अध्यक्ष प्रकाश अधिकारी रहेकय थिए ।