झापा:झापाको कमल गाउँपालिका ७ स्थित गेउरीयामा ‘गाउँलाई कोशेली’ सांगीतिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सामुदायीक भवनमा आयोजित सो कार्यक्रम सामुदायीक भवन समिति तथा गेउरीया युवा समुहको आयोजनामा भएको हो ।

कार्यक्रममा बिभिन्न गायकहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । भारत दार्जिलिङबाट आएकी गायिका अनुपमा प्रधानले कार्यक्रम संयोजक हेमकुमार लावतीद्वारा लिखित सवै सत्य बोलको गीतबाट सांगितिक कार्यक्रम शुरु गरेकी थिईन् । कार्यक्रममा कुवेर राई, पुष्पन प्रधान, बनिका प्रधान, राकेश खालिङ्, महेश सिवा, पुजन ल्वागुन, स्नेह श्री थापा लगायतका कलाकारहरुले बिभिन्न गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । लामो समय देखि हङ्कङ्मा बसोबास गर्दै आएका गीतकार तथा स्थानीयबासी लावतीले चाडपर्वको अवसर पारि गाउँलाई कोशेलीको रुपमा कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रमका कमल गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीको प्रमुख आथित्यमा भएको थियो ।