धरान: धरानको बगरकोट १५ मा एचआईभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षाको लागि डिजे मलिक स्याडो च्यारिटि नाईट –२०१८ हुने भएको छ ।

एमएच वीवीक्यू हाउसको आयोजना तथा धरान पोजेटिभ समुहको सहकार्यमा आगामी पुष ६ गत्ते बेलुका ५ः३० बजेदेखि १०ः३० बजेसम्म हुने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । कार्यक्रममा प्रवेश शुल्क निःशुल्क रहेको छ । धरान पोजेटिभ समुहले सहयोग गर्दै आएको ३३ जना एचआईभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षाको लागि २५ हजार हातेमालो अक्षयकोषमा हस्तान्तरण गरिने पनि बिबिक्युका सञ्चालक जीवन लिम्बूले जानकारी दिए । ाउसका सञ्चालक जीवन लिम्बूले कार्यक्रम निःशुल्क भएपनि अढाई सय मुल्यको एक सय वटा टिकट बनाएर स्वेच्छिकरुपमा सहयोग गर्न आग्रह गर्ने बताए ।

‘डिजे नाइटमा प्रवेश शुल्क लाग्दैन, तर हामीले किन यो कार्यक्रम आयोजना गरेको भनेर बुझाउछौ, इच्छा हुनेहरुले अढाई सयको टिकट काटेर सहयोग गर्नुहुनेछ,’उनले भने । शुरुमा २ लाख १० हजार रुपौयाँबाट सुरुवात भएको अक्षयकोषमा हाल ४ लाख ८५ हजार ५ सय ५ रुपैयाँ रहेको पोजेटिभ समुहका अध्यक्ष खगेन्द्र खड्काले बताए । कार्यक्रममा कलाकारहरु पुर्वाञ्चलकै चर्चित डिजे मलिक स्याडो, धरानका कलाकारहरुको अनप्लग लाईभ म्युजिक प्रस्तुती रहने छ । साथै, डिजे मलिक स्याडोको डिजेईङ म्युजिक भिडियो पनि विमोचन हुने कार्यक्रम रहेको छ । अहिले युवाहरुमाझ डिजेईङ्प्रति लगाव बढ्दो रहेको डिजे स्याडोले बताए ।

उनले भने,“ आमअभिभावकहरुमा डिजेप्रति नकरात्मक सोच रहेको छ तर, यसमा पनि ताल, लय, फ्लेभर हुन्छ । त्यही अनुरुप बजाउन सक्नुपर्छ । यो पनि कला हो । प्रायः डिजेको हाउभाउ, डे«सअप हेरेर पनि नकरात्मक सोच आएको हुनसक्छ । तर देखे जस्तो सबै हुन्न ।” अहिले डिजे पेशा पनि व्यवसायिक बन्दैँ गईरहेको उनले बताए । कार्यक्रम समापन भएको एक हप्ताभित्र सहयोग रकम संचारकर्मी र विशिष्ट व्यक्तित्वहरुको माझ सम्बन्धित संस्थालाई हस्तान्तरण गरिने छ भने सोही दिन संक्रमित तथा प्रभावित बालबालिकाहरुलाई खाजासमेत खुवाईने प्रचारप्रसार संयोजक विकास चाम्लिङ राईले बताए ।