इटहरीः मोरङ्ग सुनसरी सेवा समाज नेपालले आपत र सङ्कटमा पर्दै आएका मानवहरुको सेवामा बार्षिक लाखौ रुपैया सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।
मोरङ्ग सुनसरी सेवा समाजको इटहरीमा आयोजित सातौ बार्षिक साधारणसभा समारोहमा उक्त जानकारी दिएको हो । मोरङ्ग सुनसरी सेवा समाजले विपदमा परेकाहरुको सहयोग गर्ने उद्देश्यले विभिन्न देशमा बैदेशिक रोजगारमा रहेका युवा सदस्यहरुको सहयोगमा संस्थाले सहयोग गर्दै आएकोे छ । संस्थाका महासचिव विवेक भट्टराईले सुनसरी र मोरङ्ग जिल्लाका विभिन्न स्थानका धेरै मानिसको स्वास्थ्य उपचारमा संस्थाले थुप्रै महत्वपूर्ण सहयोग प्रदान गर्दै आएको बताए ।
मोरङ्ग सुनसरी समाजका अध्यक्ष रामनाथ भण्डारीको अध्यक्षता तथा शिक्षासेवी लेखनाथ घिमिरेको प्रमुख आतिथ्यतामा भएको साधारणसभा समारोहमा मानवीय सेवाका क्षेत्रमा सहयोग पु¥याउनु हुने दाता महानुभावहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष खगेन्द्र कार्की, पुर्वअध्यक्ष बद्रीप्रसाद विमली, टेकबहादुर थापा लगायतले उक्त संस्थाले पु¥याउँदै आएको योगदानका विषयमा चर्चा गरेका थिए ।