धरान: इन्टरनेशनल वाटरकलर महोत्सवअन्र्तगत लुम्बिनीमा भएको प्रतियोगितात्मक स्थलगत चित्रकला कार्यशालामा सहभागी चित्रकारहरुमध्ये उत्कृष्ट चित्र बनाउने १० जना सम्मानित भएका छन् । सम्मानित हुनेमा धरानका पनि दुई जना युवा चित्रकार छन् ।

इन्टरनेशनल वाटरकलर सोसाइटी(आइडब्लुएस)ले आयोजना गरेको महोत्सवमा सहभागी धरानका कलाकार महेन्द्र राई र जीवन पौडेल पनि उत्कृष्ट हुदै सम्मानित भएका हुन् । उनीहरुसँगै नेपालका मनोज तामाङ, डिराम पाल्पाली, सुरेश स्याङ्तान, डिवी राई, लालकाजी लामा, मङ्गोलियाका मुक्खु गुगु र भारतका प्रशान्त कटुवा र अमलेस मजुमदार पनि सम्मानित भएका हुन् । काठमाण्डौ टु लुम्बिनी भन्ने साताव्यापी कार्यक्रमअन्र्तगत प्रतियोगितात्मक कार्यशाला लुम्बिनीमा भएको थियो । मंसिर १७ गते काठमाण्डौमा चित्र प्रर्दशनी उद्घाटन भएको थियो । त्यसपछि, आयोजकले कलाकारहरुलाई लाइभ आर्ट गर्न लुम्बिनीमा पठाएको थियो । ‘पहिलो दिन अवलोकन गरायो, र दोस्रो दिन कलाकारहरुले पेन्टिङ गर्यौ,’धरानका कलाकार महेन्द्र राईले भने,‘सहभागीहरुबाट उत्कृष्ट १० छनौट गरिएको हो ।’

छनौट समितिमा निर्णायककोरुपमा आयोजक सोसाइटीका अध्यक्ष इटलीका डोगन, भारतका सोसाइटी अमित कपुर, नेपालका अध्यक्ष एन.डि.गुरुङल रहेका थिए । उक्त चित्रकला कार्यशालामा विभिन्न आठ देशका ४० भन्दा बढी चित्रकारको सहभागिता थियो । महोत्सवअन्तर्गत काठमाडौको नेपाल कला परिषद्मा ३८ देशका २ सय ७० वटा चित्रहरु प्रदर्शनमा राखिएको छ ।

paa paper