बलिउड स्टार्स आफ्नो फिल्मको प्रमोशनकालागि नयाँ नयाँ आइडिया निकाल्छन्। उनीहरु आफ्नो फिल्मको रिलीज डेट नजिकिँदै गर्दा विभिन्न स्थानमा कार्यक्रम आयोजना गरी दर्शकसँग साक्षात्कार गर्छन।

यतिबेला समाजिक संजालको बढ्दो प्रयोगलाई मध्यजनर गर्दै फिल्म निर्माताहरुले फिल्मको प्रमोशनकालागि आफ्नो फिल्मको क्यारेन्टरलाई सामाजिक सजालमा राखेर दर्शकलाई लोभ्याउने काम गर्न थालेका छन्। यतिबेला बलिउड कलाकार शाहरुख खान आफ्नो नयाँ फिल्म जिरोको क्यारेन्टरलाई सााजिक संजालमा प्रयोग गरेर दर्शकसँग साक्षात्कार गरिहरेका छन्। शाहरुख नयाँ फिल्म जिरोमा होचो मानिसको भूमिकामा छन्। उनको त्यो भूमिका अहिले सम्मकै नौलो रहेको छ।