पथरी: झट्ट हेर्दा दक्षीण भारतीय फिल्मका खलनायक जस्तो देखिने कैलालीका राघव आचार्य नेपाली फिचर फिल्म क्षेत्रमा भविश्य खोजीरहेका छन् ।

नेपाली कला क्षेत्रमा सक्रिय आचार्यले करिव २ दर्जन बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् । पछिल्लो समय नेपाली फिचर फिल्मको सहायक निर्देशकका रुपमा उनी सक्रिय छन् भने नेपाली चलचित्रमा अभिनयमा डेव्यु गर्ने तरखरमा छन् । कसिलो ज्यानका कारण धेरै निर्माता निर्देशकको नजरमा छन् उनी । केही फिल्मको अफर पनि नआएको होइन, तर राम्रो भुमिका नभएकै कारण अभिनय नगरेको उनले बताए ।

सुरुवातमा एक म्युजिक भिडीयोमा अभिनय गरेरै कला क्षेत्रमा प्रवेश गरेका आचार्य विस्तारै म्युजिक भिडियो निर्देशनतिर लागे ‘सुरुवातमा अभिनय क्षेत्रमा लाग्ने रहर लागेर म्युजिक भिडीयोमा अभिनय गरे तरपछि अभिनय भन्दा निर्देशनमा क्यारियर बनाउन मनलाग्यो’ आचार्यले भने ‘अव फेरी फिचर फिल्ममा अभिनय गरेर दर्शक माझ चिनिन चाहन्छु’ । मलेसियामा रोजगारीमा रहदा नै आचार्यले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका थिए । नायिका नन्दिता केसीसँग अभिनय गरेको भिडियो सार्वजनिक भएसंगै उनको मन कला क्षेत्रमा गड्यो । ‘पहिला अभिनय गर्ने रहर थियो त्यो भिडियो सार्वजनिक भए पछि यही क्षेत्रमा लागिपर्ने हुटहुटी भयो । त्यस पछि आफै अभिनयको कला सिके,’ आचार्यले भने ‘अव यही क्षेत्र आफ्नो क्यारियर वनाउने थलो भयो ।’

नेपाली चलचित्रमा खलनायकरुपमा अभिनय गरेर दर्शक माझ परिचित हुने चाहना बोकेका आचार्यले सहनिर्देशन गरेको चलचित्रको छायाकन भने हालै सकिएको छ । नेपाली चलचित्र क्षेत्रबाटै दर्शकको मन जित्ने लक्ष्य राखेका उनलाई अबको केही वर्ष पछि नेपाली दर्शकले खलनायककारुपमा देख्न सक्ने छन् ।