झापा : चर्चित रियालिटी शो नेपाल आइडलको सिजन २ की टप ४ मा पुग्न सफल झापाकी अस्मिता अधिकारीलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । नेपाल आइडलको टप–४ मा पर्न सफल अस्मिता अधिकारी शनिबार गृह जिल्ला झापा आएकी थिइन् । उनलाई भद्रपुर विमानस्थलमै भव्य स्वागत गरिएको थियो । अस्मिताको स्वागतमा ठूलो संख्यामा शुभचिन्तक तथा आफन्तहरु विमानस्थल पुगेका थिए । हातमा फूलमाला बोकेर लामबद्ध लागेका शुभचिन्तकहरुले उनलाई स्वागत गरेका थिए । झापाको लखनपुर घर भएकी अस्मिताले गोल्डेन टिकट पाएर नेपाल आइडल सिजन–२ को यात्रा शुभारम्भ गरेकी थिइन् । गृह जिल्लाबाट अनेक कठिनाइ र समस्याहरूसँग लड्दै नेपाल आइडल सिजन २ को टप ४ सम्म आइपुगेकी अस्मिता स्वरकी धनी छिन् । नेपाल आइडलमा उनको स्वरको जति चर्चा गरिन्छ उत्ति नै लय पनि मिलेको हुन्छ । त्यसैले त उनी नेपाल आइडलका जजको मनपर्ने प्रतिस्पर्धीमा पर्छिन् ।