एजेन्सी : केही दिन यता निर्देशक सञ्जय लीला भन्सालीको फिल्ममा अनुष्का शर्मा अभिनेता सलमान खानको जोडीको रुपमा काम गर्ने खबर बाहिर आएका थिए । तर अनुष्का शर्माले आफुले सलमान खानसँग काम नर्गने बताएकी छन् ।

अनुष्का शर्माले सञ्जय लीला भन्सालीसँग भविष्यमा काम गर्न इच्छुक भए पनि अहिले भने काम नगर्ने बताएकी हुन् । अभिनेता सलमान खानले निर्देशक सञ्जय लीला भन्सालीसँग सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके हे सनम’ मा काम गरेका थिए । वषौंपछि सञ्जय लीला भन्साली उनको अब बन्ने फिल्मका लागि सलमान खान र शाहरुख खानलाई एकसाथ ल्याउन खोजिरहेको पनि समाचारमा जनाइएको छ ।

यो फिल्मका लागि यसअघि अभिनेत्री दीपिका पादुकोणलाई प्रस्ताव राखिएको थियो तर सलमान खानले दीपिकासँग फिल्म गर्न नमानेपछि अनुष्का शर्मालाई प्रस्ताव राखिएको थियो ।