उदयपुर : कोशी बन्यजन्तु आरक्षणबाट आएको जंगली हात्तिको आक्रमणबाट बुधबर साँझ बेलकामा एक स्थानीयको मृत्यु भएको छ ।

हात्तिको आक्रमणबाट बेलका नगरपालिका वडा नं ३ का ५० बर्षिया बुद्धिमान मगरको ज्यान गएको हो । घर नजिकैको लेमन ग्रास चोक पूर्व गोठालो जाने क्रममा हात्तिले आक्रमण गरि मगरको ज्यान लिएको वेलका नगरपालिकाका प्रेस संयोजक भरत घिमिरेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले सुनसरी र उदयपुरको सीमामा घटना घटेकोले सुनसरी जिल्लको प्रहरी आउदै गरेको र ईलाका प्रहरी कार्यालयबाट समेत प्रहरी घटना स्थल तर्फ खटाईएको बताए । कोशी टप्पु क्षेत्रमा पर्ने घटना स्थल कुन जिल्लाको क्षेत्रमा पर्ने भन्ने प्रहरी विच नै विवाद देखिएको छ ।