सुनसरी: जननेता मदन भण्डारीको जीवनीमा आधारित नाटक बर्बरिक मोरङको झोराहाटमा मञ्चन गर्न थालिएको छ ।

साहित्यकार प्रदीप नेपालको उपन्यास बर्बरिकलाई नाटय रुपान्तरण गरिएको हो । यो नाटक पुष २ गतेसम्म मञ्चन गरिने भरत गुरागाईले जानकारी दिए । उनका अनुसार नाटकलाई दैनिक तीन पटक मञ्चन गरिनेछ । नाटकको निर्देशन जीवन वरालले गरेका छन् । नाटकमा गुरागाइसहित प्रयाग न्यौपाने, डीवी बस्नेत, अनु श्रेष्ठ, सुदीपजंग कार्की, दीपा पोखरेल, निराशा ढुंगेल, दीक्षा चौधरी, दिव्या रेग्मी, प्रज्वल काफ्ले, प्रदीप सरदार, विमल सम्वाहाम्फे, सौगात लुइँटेल, अर्जुन माझी, सुरज माझी, जिवय माझी, विद्याकान्त दाहालगायतले अभिनय गरेका छन् ।

बर्बरिक जननेता मदन भण्डारीको भूमिगत कालको नाम हो । नाटकको आज (बिहिबार) पहिलो मञ्चनपछि अन्तर्क्रिया समेत गरिएको थियो । कार्यक्रममा वोल्दै नेकपाका केन्द्रीय सदस्यहरु गुरु वराल, विनोद ढकाल, महेश रेग्मीलगायतले नाटक उत्कृष्ट भएको प्रतिक्रिया दिए । नाटक बर्बरिक पुष १८ देखि काठमाडौको कुञ्ज नाटक घरमा पनि मञ्चन हुने बताइएको छ ।