झापा: झापा विर्ताकमोड नगरपालिका वडा नं. ५ मा रहेको मिलनसार बचत तथा ऋण सहकारी सस्था लिमिटेडले सहकारी शिक्षा सम्बन्धी तालिम दिएको छ ।


सहकारी सञ्चालन एवं नीतिगत कार्य सञ्चालनमा सहजता ल्याउन सहकारीले आफ्ना सञ्चालक समिति तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि गराउन तालिम दिलाएको हो । तालिममा सहकारीका ७ जना कर्मचारी, ११ जना सहकारीका पदाधिकारी, लेखा समिति, शिक्षा समिति, महिला समितिबाट ३, ३ जना सहभागी थिए । यस्तै, सल्लाहकारबाट ५ जना, व्यवस्थापन समिितबाट ३ जना, ऋण समितिबाट पनि ३ जना गरी ३० जना सहकारीकर्मीहरुलाई तालिम दिएको अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।

सहभागीहरुलाई नेप्सकोनका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का संयोजक साथै जिल्ला बचत संघका अध्यक्ष घनश्याम अधिकारीले सो तालिम दिएका थिए । सहकारीका शिक्षा समितिका संयोजक गायत्रि प्रसाद खनालले स्वागत मन्तब्य राखेको कार्यक्रम सहकारीकै सचिव कैलास पोखरेलले सञ्चालन गरेका थिए । प्रशिक्षक तथा प्रमुख अतिथी अधिकारीलाई सहकारीका तर्फबाट ढाका टोपी ओढाएर स्वागत गरिएको थियो ।

तालिममा सहजिकरण गर्दै प्रशिक्षक अधिकारीले ६० वर्षको अवधिमा नेपालमा पहिलो पटक सहकारी सञ्चालन निर्देशिका बनेको जानकारी दिै अबको दिनमा विगतमा जस्तो कार्यक्रम तथा गतिविधि सञ्चालन गर्न कठिन हुने वताए । सहकारी ऐन बनेपछि शहकारीले के गर्न हुने तथा गर्न नहुने प्रष्ट भएको उल्लेख गर्दै उनले सहकारीहरु ब्यवस्थित, बैज्ञानिक र प्राविधिक ढंगबाट अगाडि बढ्नुपर्ने बाध्यता रहेको पनि उनले बताए ।