पथरी : मोरङको पथरीशनिश्चरे नगरपालिका अन्तर्गतको ‘भाषा, कला र संस्कृति प्रवद्र्धन समिति’ को वैठकले समितिले गर्ने कार्यका बारेमा कार्यविधि निर्माण गरी पारित गरेको छ ।
समितिका अध्यक्ष वीरध्वज शिवाको अध्यक्षतामा शनिवार वसेको वैठकले ‘भाषा, कला र संस्कृति प्रवद्र्धन समिति’ को कार्यविधि पारित गरेको सचिव रोहित पराईले जनाए । वैठकले ४ वटा विधागत उपसमितिको संयोजक र सदस्य सचिव चुनेर अन्य सदस्य चयनका लागि सम्वन्धित उपसमिति संयोजकलाई जिम्मा दिएको छ ।
भाषा, साहित्य संस्कृति उपसमितिको संयोजकका गणेश वाछना राई र सदस्य सचिवमा राजेन्द्र विवश, गीत संगीत उपसमितिको संयोजकमा देव गुरुङ र सदस्य सचिवमा अर्जुन सेन्च्यौरी, नाट्य उपसमिति संयोजकमा हरेन्द्र खत्री र सदस्य सचिवमा सरोज तिम्सिनालाई चयन गरिएको छ । साथै चित्रकला मूर्तिकला उपसमितिको संयोजकमा टीकाराम राई र सदस्य सचिवमा