इटहरीःनेपाल टेलिभिजनको एनटिभी प्लसले सञ्चालन गरिरहेको दोस्रो संगीत स्टार प्रतियोगितामा टप टेनमा छनौट भएका इटहरीका दुई जनालाई सम्मान गरिएको छ ।

प्रतियोगितामा छनौट भएका आफना प्रशिक्षार्थीहरु सुरज शिवा र निर्जला बराइलीलाई द डाइनामिक क्रु डान्स सेन्टरले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मान कार्यक्रममा सम्मानित प्रशिक्षार्थीहरुलाई राजकुमार साहले सम्मान गरेका हुन ।

सो अवसरमा छनौट प्रशिक्षार्थी शिवा र बराइली लगायतले नृत्य प्रस्तुत गरेका थिए । आफनो डान्स सेन्टरका प्रशिक्षार्थीहरु मुलुककै एक ठुलो नृत्यकला प्रतियोगितामा छनौट भएकाले सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरिएको विवेक लिम्वुले जानकारी दिए ।