धरान : सञ्चारकर्मी तथा गायक प्रमोद पोर्तेलको ‘मायाँ हा’े गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक पोर्तेलले धरानमा पत्रकार सम्मेलन गरेर भिडियो सार्वजनिक गरेको हो । श्रीमान र श्रीमाती बिचको प्रेम सम्बन्धलाई भिडियो मार्फत चित्रण गरिएको छ । सो भिडियोमा गायक स्वयम् आफैँले अभिनय गरेका छन् भने सञ्चारकर्मी तथा मोडल ईक्सा मादेनको अभिनय रहेको छ । भिडियोको छायाँकन धरानको पानबारी जाने बाटोको सेउती पुल आसपासको क्षेत्र, बगरकोट र कोशी टप्पु आसपासका दृष्यहरु समावेश छन् ।
स्थानीय स्तरमा पनि मनमोहक दृश्यहरु छन् । त्यसैले त्यस्ता स्थानहरुलाई प्राथमिकता दिएर भिडियो बनाएको हो । यस्तै स्थानीय क्षेत्रका दृश्यहरुलाई प्रस्तुत गर्नु नै ‘मायाँ हो’ भनेर गायक पोर्तेलले बताए । सुल्तान फिल्मस युके पोष्ट प्रोडक्सनले तयार पारेको सो म्युजिक भिडियो ३ मिनेट ३४ सेकेण्ड अवधिको छ ।

गीतको शव्द संगीत रुवजेन रणपालको रहेको छ भने स्वर गायक पोर्तेल आफैँले दिएको छ । अहिलेको आधुनिक प्रविधि ड्रोनको भिडियोमा प्रयोग गरिएको छ । दुईदिन लगाएर तयार पारिएको उक्त म्युजिक भिडियो करिब १ लाख ५० हजार रुपैँया खर्च भएको गायक पोर्तेलले बताए । गायक पोर्तेलको यो भन्दा अगाडि ‘पहिचान’ नामक एकल एल्बल जसमा ‘अब रोक बालविवाह रोक’ जस्ता दर्जनौ गीतहरु श्रोता दर्शकमाँझ ल्याईसकेका छन् । साथै श्रोता दर्शकले पनि रुचाएका छन् उनको गीतहरु । परिवर्तनका लागी संगीत भन्ने मुल नारा लिएर उनी सांगीतिक क्षेत्रमा अघि बढेको उनले बताए । वि.सं. २०६७ सालमा नमस्ते एफएमले आयोजना गरेको पुर्वाञ्चल व्यापी गायन प्रतियोगितामा पोर्तेलले प्रथम स्थान हासिल गर्दै सांगितिक क्षेत्रमा पाईला टेकेका थिए । गायक पोर्तेल विजयपुर एफ एम ९८.८ धरानमा पनि कार्यरत छन् ।