धरान: ‘नेपालआईस मिस पुर्वाञ्चल’को नवौं संस्करणका प्रतिष्पर्धी भेडेटार पुगेर पर्यटनका विषयमा जानकारी लिएका छन् । पर्यटनबारे बुझ्न भेडेटार पुगेका उनीहरुलाई होटल एसोसिएसन अफ भेडेटारका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा एसोसिएसनका संस्थापक अध्यक्ष विष्णुराज श्रेष्ठले भेडेटार र आसपासको पर्यटन बारे जानकारी गराएका थिए । एसोसिएसनका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले भेडेटार क्षेत्रको पर्यटन विकासमा सबैको साथ सहयोग चाहिएको बताए । मिस पूर्वाञ्चलका प्रतिष्पर्धीहरु भेडेटारस्थित पाथीभरा मन्दिरको दर्शन गर्दै त्यहँको धार्मिक पर्यटनबारे जानकारी लिएका थिए । त्यसैगरी उनीहरु नाम्जेस्थित होमस्टे पुगेर पछिल्लो समय होमस्टेमा आकर्षित आन्तरिक पर्यटकबारे बुझे । उनीहरुलाई नाम्जे सामुदायिक होमस्टेका अध्यक्ष अनिल राना र होटल एसोसिएसन अफ धरानका निवर्तमान अध्यक्ष लीलाराज लावतीले होमस्टे बारे जानकारी दिएका थिए ।
Bhedetar  (6)
सहभागीहरुले आफुहरुले पनि भेडेटारको पर्यटन विकासका लागि सहयोग गर्ने बताए । हरेक वर्ष मिस पूर्वाञ्चलका विजेतालाई होटल एसोसिएसन अफ भेडेटारले सद्भावनादूतका रुपमा नियुक्त गर्ने गरेको छ । यसपटक मिस पूर्वाञ्चलमा ‘मिस इटहरी २०१७’ विजेता तपस्या रनपहेली, ‘मिस उर्लाबारी २०१७’ रुसाली केसी सहित धनकुटाकी अनिला क्षेत्री, हिलेकी प्रजिता तामाङ, उर्लाबारीकी सबिना पोदार, इटहरी,तरहराकी तुलाशा पोख्रेल, झापा,भद्रपुरका, सलिना राजबंशी पूजा श्रेष्ठ, संखुवासभाकी सोनेता दाहाल, धरानका आकृति आचार्य, एजिना राई ,सुचित्रा कार्की, बिराटनगरकी मोनिका रेग्मी र धनकुटाकी स्वस्तिका बिसुंखे प्रतिष्पर्धामा छन् ।

सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा विजेताले मिस पूर्वाञ्चल २०१८ को उपाधिसगै यामाहाको स्कुटी र हङकङ भ्रमणको अवसर पाउने, त्यस्तै फस्ट र सेकेण्ड रनर अपले क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस मल्टीमिडिया, मिस इन्टलेक्चुअल, फेस अफ डिभाइन, भ्युअर्स च्वाइस लगायतका विभिन्न ८ वटा विद्याका विजेताले १५ हजार नगद पुरस्कारको ब्यबस्था छ ।

Bhedetar  (1)