धरान :  ‘नेपालआईस मिस पुर्वाञ्चल’को नवौं संस्करणका प्रतिष्पर्धीहरुको पेप्सी मिस ट्यालेन्ट शो सम्पन्न भएको छ ।

शनिबार धरानस्थित फ्रेन्ड्स गार्डेन लाउन्जमा आयोजीत ट्यालेन्ट शोमा प्रतिष्पर्धी अनिला क्षेत्रीले ‘म चाहिं नेपाली’ गीत प्रस्तुत गरिन् । सलिना राजवंशीले बलात्कारका विषयमा नाटक प्रस्तुत गरिन् । त्यस्तै रुसाली केसीले कविता भनिन् भने सष्टिका बिसुंकेले पनि समसामयिक विषयमा मन्तव्य दिईन् ।

यसैगरी, पुजा श्रेष्ठ, इचिना राई, मोनिका रेग्मी, सोनेता दाहाल, सचिता कार्की, तुलसा पोख्रेल, तपस्या रणपहेली, प्रजीता तामाङ, आकृति आचार्यले नृत्य प्रस्तुत गरे भने सविना पोद्धारले गीत गाईन् । ट्यालेन्ट शोमा पेप्सीका वरिष्ठ प्रबन्धक रितेश झा, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, गायक डिल्ली फोम्बो, नृत्य प्रशिक्षक निका मोक्तान, छमछमी नृत्य प्रतियोगीता विजेता मनिता राई र संगीतकार विनायक राई निर्णायक रहेको कार्यक्रम गायक सुमन श्रेष्ठ संगमले सञ्चालन गरेका थिए