इटहरी: नेपाली कथानक चलचित्र ‘सय कडा दश ’आगामी माघ १८ गतेदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

फिल्म युनिटले सोमबार इटहरीमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । रञ्जु प्रधानद्धारा लिखित उक्त चलचित्र राम सरण पाठकले निर्देशन गरेका छन् । चर्चित कमेडिएन मनोज गजुरेलले पहिलो पटक अभिनेताका रूपमा उक्त चलचित्रमा अभिनय गरेकय छन् । ‘हाम्रो चलचित्रमाफर्त उहाँले फिल्म क्षेत्रमा डेब्यु गर्दै हुनुहुन्छ,’ चलचित्र निर्देशक पाठकले भने,‘यसअघि मैले निर्देशन गरेको प्रेमगीत पनि सफल भएकाले यो चलचित्र सफल हुने विश्वास लिएको छु ।’

भष्टाचारका कारण प्रेम, समाज र परिवारमा प्रत्यक्ष रुपमा परेको नकारात्मक प्रभावलाई चलचित्रमार्फत उठान गरिएको बताइएको छ । करीब ड्ढ करोड लागतमा निर्माण गरिएको उक्त चलचित्र पोखरा, काठमाडौँ, सिन्धुली, पाँचथर, लगायतका ठाउँमा सुटिङ गरिएको कथाकार रञ्जु प्रधानले बताईन् । ‘भ्रष्टाचारीले आफूले मात्रै खानुपर्छ, अरुलाई दिनुहुन्न भन्ने मानसिकताको चित्रणका कारण नाम जुराइएको हो,’उनले भनिन् । हाँस्य अभिनेता मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने, रबि डङ्गोल लगायतले अभिनय गरेको चलचित्रका सह–निर्माता मनोज निरौलाले बताए ।

poster