धरान: धरानको छाता चोकस्थित पुनर्स्थापना केन्द्रमा आश्रित २४ जना बालबालिका तथा बृदाहरुलाई दैनिक भोजनको लागि अत्यावस्यक भोजन सामग्री उपलब्ध गराएको छ ।

पुनर्स्थापना केन्द्रमा अहिले २४ जना बालबालिका तथा वृद्धवृद्धाहरु आश्रित छन् । उनीहरुको प्रमुख समस्या भोजन सामग्रीको अभाव भएको सञ्चालक भीम राईले बताउदै आएका छन् । यही समस्या बुझेर मिस पुर्वाञ्चालका प्रतिस्पर्धाी एवं आयोजकले १४ बोरा चामल, १ बोरा दाल, १ दर्जन साबुन, ५ केजि चिनी, नुन, लुगाधुने र नुहाउने साबुन गरि करी २४ हजार बराबरको सामानहरु सहयोग प्रदान गरेको हो । मिस पुर्वान्चलले हरेक नेपाली नया बर्षमा निकाल्ने क्यालेन्डरको बिक्रिबाट आएको रकम र त्यसमा मिस पुर्वान्चलको युकेमा रहेका प्रोमोटर सुरेश कुमार परियारले थप गरेर पठाएको रकमले उक्त सहयोग गरिएको कोरियोग्राफर प्रियारानी लामाले जानकारी दिइन् ।

IMG_2650 copy

सामाजिक कार्यकर्महरुमा सहभागी गराउने कार्यकर्म अन्तर्गत प्रतियोगीहरुलाई पुनर्स्थापना केन्द्रमा लागिएको हो । प्रतियोगीहरुलाई संचालक भिम राईले केन्द्रको अवस्था र आश्रित बालबालिका तथा बृद्धहरुको बारे जानकारी दिएका थिए । साथै, उनले केन्द्रको कोठाहरु, भान्छाघर, स्नानघरको पनि अवलोकन गराएका थिए । त्यस्तै सेवक अभियानको राजिव हलवाईले आगामी पौष १६ गतेको धरानदेखि भेडेटारसम्मको पैदल यात्रामा मिस पुर्वान्चल २०१८ का सम्पूर्ण बिजेता तथा सहभागीहरुलाई निमन्त्रना दिएका थिए । उनले मिस पुर्वान्चलमा भाग लिएर जित्नु एउटा उपलब्धि हो तर नजिते पनि आफुले ट्रेनिंग अवधि भर लिएको शिक्षय नै महत्वपुर्ण उपलब्धि भएको बताए ।