धरान : गायक राजेस पायल राईको नयाँ गीत ‘रंगियो रे उनको सिउँदो’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजेन्द्र राईको शब्द र सर्जुन राईको संगीत रहेको गीत युट्यूब मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडयोको निर्देशन संगीतकार सर्जुनले नै गरेका हुन् । भिडियोमा मिरुना मगर, विश्व लिम्बु र रुपेश चाम्लिङ राईको अभिनय रहेको छ । उक्त भिडियोको छायाँकन काठमाण्डौँ आसपासमा गरिएको छ ।