धरान : आगामी पौष १४ गते धरानको इजी राइडर्ष होटलमा आयोजना हुने नेपाल आइस मिस पुर्वान्चलको मुख्य सब टाइटल सुरेश स्टडी भिसा सर्भिस मिस इन्टलेक्चुअल चयन गर्न बराह कम्प्लेक्सको बराह किचेनमा एक कार्यकर्म सम्पन्न भएको छ ।

उक्त छनोट कार्यकर्ममा बराह ग्रुपका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटे , सिजी फुड्सका म्यानेजर मनु शंकर , पेप्सी डिलर सगुन ट्रेडर्सका एम डी सुस्मन श्रेष्ठ , फेसन डिजाइनर मुनु मिभक ,नेपाल पत्रकार महासंघका सभापति अमर खड्का , मिस पुर्वान्चल २०१७ कि फर्स्ट रनर अप सिम्रन श्रेष्ठ लगायतको निर्णायक रहेको उक्त छनोट कार्यकर्ममा प्रतियोगीहरुको प्रश्नउतर शैली , टेबल म्यानर , भेषभुषा , आउट नलेज लगायतको पर्तिभाको आधारमा मिस इन्टलेक्चुअल छनोट गरिनेछ ।
कार्यक्रमपछि प्रतियोगीहरुलाई बराह जेव्लारी प्रमुख सोराज लामिछानेले सम्पूर्ण १४ प्रतिस्प्रधीहरुलाई बराह कम्प्लेक्समा रहेको कृपा १६ डी थियटर , भोजेपुरे फेशन , बराह जेव्लरी को अवलोकन गराएको थिए । सम्पर्ण प्रतियोगीहरुलाई फिनालेको क्राउन समेत प्रदर्शन गरिएको थियो ।

p m

त्यस्तै सोहि अवसरमा मिस पुर्वान्चल २०१८ संयोजक तथा मिस पुर्वान्चल २०१६ र मिस ग्रान्ड इन्टरनेसनल २०१८ कि फर्स्ट रनर अप इक्सा मादेनलाई बराह ग्रुपका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटे , सिल्भर इन्टर टेनमेन्टका निर्देशक सौरभ श्रेष्ठ लगायत सम्पूर्ण प्रतियोगीहरुले आगामी ३० डिसेम्बर मा हंगकंगमा आयोजना हुने गायक दिप श्रेष्ठको सरगम साँझको होस्ट गर्न जानु लागेकोमा बिदाइ तथा कार्यकर्मको सुभकामना दिएका थिए ।