तेह्रथुम : आँखा रोगीहरुलाई लक्षित गरी तेह्रथुमको छथर गाउँपालिकामा आयोजित निःशुल्क आँखा शिविरबाट ४ सय १० जनाले सेवा लिएका छन् । शिविरबाट २ सय १२ जना महिला र १ सय ९८ जना पुरुष आँखा रोगीहरुले लाभ लिएका छन् ।
नेपाल रेडक्रस सोसाइटी तेह्रथुम र आँखा उपचार केन्द्र तेह्रथुमको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सन्चालित शिविरमा ४४ जनाको आँखाको अपरेसन भएको छ । त्यसमध्ये ३६ जनाको मोतियाविन्दुको अपरेसन गरिएको र बाँकी ८ जनाको आँखामा मासु पलाएकाहरुको अपरेसन भएको आँखा उपचार केन्द्र तेह्रथुमका देवेन्द्र शाहले बताए ।
शिविरमा आँखा अस्पताल विराटनगरका डाक्टर मनिष पाण्डे नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा जाँच, परामर्श, औषधी वितरण, चष्मा वितरण तथा अपरेसन गरेको थियो । गाउँपालिका क्षेत्रमा अधिकांशको आँखामा मोतियाविन्दुको समस्या देखिएको चिकित्सकले जनाएका छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        















 
         
        

















































 
         
         
        