इटहरी : प्रतिबन्धित लागु औषधसहित इटहरी उपमहानगरपालिका–४ बाट एक जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले इटहरी ४ का ४२ बर्षीय राजकुमार ठाकुरलाई पक्राउ गरेको हो ।

प्रहरीले ठाकुरको साथबाट डाईलक्स डि।सी। ९ बोतल, नाईट्रोसन ७७ ट्याव्लेट, नाईट्रोभेट ४१ ट्याव्लेट, स्पास्मोप्रोक्सिभन ५१ ट्याव्लेट बरामद गरेको जनाएको छ । प्रहरी टोलीले लागूऔषध ओसार पसारमा प्रयोग गरिएको बा ४६ प १९६८ नम्बरको स्कुटर समेत बरामद गरेको छ । लागूऔषध सहित पक्राउ परेका ठाकुरलाई थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।