धरान:वरिष्ठ चित्रकार, समिक्षक तीर्थ निरौलाको ‘मैले चाँहे तिमीलाई...’ म्युजिक भिडियो गीत बजारमा आएको छ । युटुयुबमा सुन्न र देख्नसकिने उक्त गीत राजधानीमा रिलिज भएको हो ।

निरौलाको गीतमा धरानकी अनुका राई र टिका मगरको आवाज रहेको छ । मोहन मगरले संगीत भरेको गीतमा रोशन वान्तवाले एरेन्ज गरेका हुन । दर्शकले रुचाउदै गएको यो म्युजिक भिडियोलाई धरानका पुराना नाट्यकर्मी विजय सुव्वाले निर्देशन गरेका छन् । नेपाली चित्रकारिता, कलासमीक्ष र कला पत्रकारिताको क्षेत्रमा राष्ट्रियस्तरमा नै प्रतिष्ठा कमाई सकेका निरौलाको गीति क्षेत्रमा यो पाईला हो । उनको यो गीत लेखन पहिलो हो ।

तीर्थ फुर्सदको समयमा कविता लेख्ने भएकोले पनि उनलाई गीत लेख्ने जर्मको भएको हुनसक्छ । आफ्ना साथीहरुको आग्रहमा गीत लेखेको भन्दै निरौलाले आफ्नो पेशा र क्षेत्र चिकारिता र कला समिक्षाँ नै भएको बताए । 'साथिहरुको आग्रहलाई टार्न नसकिएकोले यो गीत जन्मेको हो । यद्यपी मेरो पेशा चित्रकारिता र कलासमीक्षा नै हो र यसैवाट म चिनिएको पनि हुँ,' उनी भन्छन् । चित्र, कविता र गीत अलग अलग विधा भएतापनि यिनको सार तत्व एकै भएको ठान्ने निरौलाले यो गीतमा अथाह प्रेमको अनुरागलाई प्रकृतिसंग तुलना गरेका छन् । निरौला भन्छन,‘रंगमा व्यक्त गर्न नसकिने कतिपय अभिब्यक्तिलाई गीत र शब्दबाट व्यक्त गर्न सकिन्छ ।’

गायिका अनुका राईको सक्रियतामा निर्माण भएको यो म्युजिक भिडियोमा रोहित र ऐन्जिनाले अभिनय गरेका छन् । युवा गायक टिका मगर यो म्युजिक भिडियो दोस्रो भएता पनि अनुकाको यो छैटौं म्युजिक भिडियो हो । यसअधि उनले ‘मन परयो मायालु, ‘ईलाम शहर’, ‘दशैं आयों लगायतका भिडियोहरुमा एकल र सामुहिक आवाज दिइसकेकी छन् । गत शुक्रवार रिलिज भएर छोटो समयमा नै निकै दर्शक र श्रोताको माया बटुल्दै गएको ’मैले चाहे तिमीलाई‘ युटयुबमा हेर्न सकिन्छ ।