'उ हारेर गइ वा जितेर गइ'का हिट गायक राज सिग्देलको ''अमृत'' सार्वजनिक भएको छ। नेपाली सुगम संगीतका चर्चित गायक ,गजलकार राज सिग्देलको नयाँ गीत ''अमृत'' को म्युजिक भिडियो सार्वजनिक भएको छ।
हरि बस्ताकोटीको शब्द र हरि लम्सालको संगीत रहेको ''अमृत''को म्युजिक भिडियोमा राज आफैले अभिनय गरेका छन भने उनलाई अभिनयमा अन्जु चौलागाईले साथ दिएकी छिन। भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी , बिकास दाहालको सम्पादन र लोमस पौडेलको सहनिर्देशन रहेको छ । युवराज वाइबाको निर्देशन रहेको भिडियोमा मायामा धोका भएपछिको अवस्थालाई देखाउन खोजिएको छ करिब ३५० भन्दा गीत , गजलमा आवाज दिइसकेका नेपालकै चर्चित गजलकार सिग्देलको करिब १०० भन्दा बढी गीत गजलको भिडियो समेत निर्माण भइसकेको छ । करिब ५ बर्ष अघिको अत्याधिक हिट गजल ''उ हारेर गइ वा जितेर गइ ''पछि उनका 'च्वास्स बिझ्ने तिम्रो माया मार्दिम मार्दिम लाग्छ' लगायत दर्जनौ हिट गजलहरु सर्बाधिक हिट छन।


































































