इटहरी :  नेपाली फेशन डिजाइनरहरुले तयार पारेका पहिरनहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा बजार प्रवद्धनका लागि पुर्वी नेपालको इटहरीमा फेशन शो कालागि मोडल छनौट गरिने भएको छ ।

प्याजेन्ट नेपालले पुर्वाञ्चलमा आयोजना गर्न लागेको फेशन शो कालागि इटहरीमा यही पुस २० गते अडिसन हुने पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा प्याजेन्ट नेपालकी कार्यकारी निर्देशक ममता वस्नेतले आफुहरुले तयार पारेका पहिरनहरुमा मोड्लीगं गराउन लागेको वताइन । उनले आफुले लगाउने पहिरन आर्कषक देखिने गरी लगाउने तर्फ मानिसहरुको ध्यान जाओ स भन्नका लागि पनि फेशन शो आयोजना गरिएको जानकारी दिइन । फेशन शो लागि हुने अडिसनमा ६० वर्ष सम्मका महिला पुरुष सहभागी वन्न पाउने व्यवस्था गरिएको सो अवसरमा जानकारी दिइयो ।

इटहरी अडिशन त्रियुगा होटलमा हुने तथा स्थानीय प्रतिनिधिका रुपमा सम्झना चौधरी रहने पत्रकार सम्मेलनमा जनाइयो । इटहरीमा फेशन शो को लागि पहिलो पटक अडिन हुन लागेको समेत आयोजकहरुले दावी गरे । पत्रकार सम्मेलनमा आयोजक संस्थाकी कार्यकारी निर्देशक बस्नेत , स्थानीय प्रतिनिधि चौधरी र चन्दा खड्काले पत्रकार सम्मेलनमा फेशन शो का लागि मोडल छनौटका विषयमा जानकारी गराएका थिए ।