धरान:सुर्य नेपाल टुरअन्र्तगत तीन दिने इष्र्ट ओपन गल्फ प्रतियोगिता बुधबारदेखि धरानमा शुरु भएको छ ।

पार ७० को निर्वाणा कन्ट्री क्लब गल्फ कोर्षमा शुरु भएको प्रतियोगितामा नेपालका नम्बर वान व्यावसायिक गल्फ खेलाडी र एमेच्योरसहित ५६ खेलाडीहरु सहभागी छन् ।प्रतियोगितामा धरानका युवा खेलाडीहरुले नेपालको उत्कृष्ट व्यावसायिक खेलाडीहरुलाई पछ्याइरहेका छन् । पहिलो दिनको खेल समाप्ती हुदासम्म नेपालका नम्बर वन खेलाडी शिवराम श्रेष्ठ र ८ औं नम्बरका खेलाडी रवि खड्का संयुक्तरुपमा पहिलो स्थानमा रहेका छन् । दुवै खेलाडीले समान ४ अण्डर ६६ स्कोर गरेका छन् ।

aaIMG_8301 यस्तै, व्यावासयिक खेलाडी सञ्जय लामा र धराने एमेच्योर शुक्रबहादुर राई समान इभन पार ७० स्कोर गर्दै संयुक्तरुपमा तेस्रो स्थानमा रहन सफल भएका छन् । शुक्रबहादुर(२० बर्षीय) धराने युवा खेलाडी हुन् । यस्तै, समान एक ओभर ७१ को स्कोर गरेका भुवन नगरकोटी, विकास अधिकारी, शिवकुमार माझी र थामबहादुर राई संयुक्त पाँचौ स्थानमा रहन सफल भएका छन् । शिवकुमार धराने युवा व्यावसायिक(२३ बर्षीय) खेलाडी हुन् भने थामबहादुर पनि धराने व्यावसायिक खेलाडी हुन् । पहिलो दिन २ ओभर ७२ स्कोर गरेका धराने व्यावसायिक गल्फर मणी राई र धराने एमेच्योर वविन्द्र राई समग्रमा नवौ स्थानमा रहेका छन् ।

aaIMG_8354

नेपाल प्रोफेस्नल गल्फर एशोसिएशनले आयोजना गरेको प्रतियोगितमा सहभागी खेलाडीमध्ये ३४ जना व्यावसायिक छन् भने २२ जना एमेच्योर छन् । कुल ६ लाख ६१ हजार पुरस्कार राशी भएको प्रतियोगितामा विजेताले १ लाख २० हजार, दोस्रो हुनेले ७७ हजार र तेस्रो हुनेले ५५ हजार नगद पुरस्कार पाउनेछन् । साथै, टप २१ सम्म पर्ने व्यावसायिक खेलाडीहरुले नग पुरस्कयर पाउनेछन् भने एमेच्योर विजेताले ट्रफी पाउनेछन् । मुख्य स्पर्धा सकिएपछि चौथो दिन प्रो एम स्पर्धा पनि हुनेछ । 

aaIMG_8299 aaIMG_8328 aaIMG_8332 aaIMG_8320