इटहरी : राष्ट्रिय सहकारी बैकका अध्यक्ष रमेश पोखरेलले सहकारी संस्थाहरुले मुलुकलाई समृद्धितर्फ अघि वढाउन योगदान गरिरहेको वताएका छन् ।

सुनसरीको इटहरीमा रहेको शान्ति जनकल्याण सहकारी संस्थाको २३औं वार्षिक साधारणसभाको अवसरमा वोल्दै प्रमुख अतिथि पोखरेलले सहकारी क्षेत्रले विकसित मुलुकहरुमा समेत लगानी गरिरहेको स्मरण गरे । उनले नेपालर्ला समृद्धितर्फ अघि बढाउन पनि सहकारीको योगदान उल्लेखनीय हुने वताए । अमेरिका जस्तो विकसित मुलुकमा पनि सञ्चार क्षेत्रमा सहकारीको लगानी रहेको भन्दै अन्य विकसित मुलुकहरुमा पनि सहकारीको लगानी उल्लेखनीय रहेको जानकारी गराए । उनले नेपालमा ७४ लाख मानिसहरु प्रत्यक्ष रुपमा सहकारीमा आवद्ध रहेको र ३४ हजार ५सय १२ सहकारी संस्थाहरुले विभिन्न क्षेत्रमा काम गरिरहेको वताए ।

नेपालमा रहेका सहकारीका शेयर सदस्यहरु मध्ये ५२ प्रतिशत महिला रहेको पनि जानकारी दिए । यस्तै, महीला सशक्तिकरणमा सहकारीहरुले महत्वपुर्ण भुमिका खेल्दै आएको समेत कार्यक्रमका अतिथीहरुले वताए । सहकारीका अध्यक्ष बमबहादुर न्यौपानेको अध्यक्षतामा भएको साधारणसभाले नयाँ कार्यसमिति चयन गदैै समापन हुने जनाइयो । कार्यक्रममा पुर्व अध्यक्ष टिकादत्त वन, इटहरी वडा नम्वर २ का वडाध्यक्ष हर्कवहादुर मगर लगायतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । सो अवसरमा उत्कृष्ट कारोवार गर्ने ऋणी तर्फ बुना लम्साल र भरत केसी, उत्कृष्ट बचतकर्ता मेहरमान कटुवाल र विदुर घिमीर,े एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका सन्तानतर्फ प्रतिभा कटुवाललाई सम्मान गरिएको थियो ।