धरान: शनिबार राती सम्पन्न भएको मिस पुर्वाञ्चल २०१८ की विजेता पुजा श्रेष्ठ भेडेटारकी पर्यटन सद्भावना दुत भएकी छिन् ।

झापाको भद्रपुर घर भएकी श्रेष्ठलाई सोमबार पर्यटन सद्भावना दुतको प्रमाणपत्र प्रदान गरिएको थियो । सातौ भेडेटार फुड फेस्टिवलको उद्घाटन समारोहमा प्रमुख अतिथि एवं प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरेका थिए ।शनिबार नै उनलाई मिस पुर्वाञ्चल आयोजकले पर्यटन सद्भावना दुत घोषणा गरेपनि सोमबार मात्र औपचारिकरुपमा प्रमाणपत्र प्रदान गरिएको हो ।

aIMG_8588

भेडेटार होटल एशोसिएशनले हरेक बर्ष मिस पुर्वाञ्चलको उपाधि विजेता सुन्दरीलाई पर्यटन सद्भावना दुत पनि घोषणा गर्ने गरेको छ । मिस पुर्वाञ्चल विजेताले सद्भावना दुतकोरुपमा विभिन्न कार्यक्रमहरुमा भेडेटार र त्यहाँको पर्यटनको बिषयमा बोल्ने, प्रचारप्रसार गर्ने गरेका छन् ।