पथरी:पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक एवम् ब्लाष्ट टाइम्सका संवाददाता भूपेन्द्र तिम्सिनामाथि दुर्व्यवहार भएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० का खेम भट्टराईले बिहिबार पत्रकार तिम्सिनामाथि दुर्व्यवहार गरेका हुन् । नगरपालिकाको कार्यालय सार्ने बिषयमा ‘सर्वोच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति’ पथरीशनिश्चरेको तर्फबाट बिबिार दिउँसो नगरपालिका कार्यालयमा छलफल गर्न आएको टोलीका सदस्य भट्टराईले तिम्सिनामाथि दुव्र्यवहार गरेका हुन् । उनले समाचारमा बिकेको, हाम्रो समाचार नलेख्ने, नगरपालिकाको हितमा मात्र समाचार लेख्ने भन्दै तथानाम गालीगलौज गरेका थिए ।

पत्रकार तिम्सिनाले यसअघि पनि भट्टराईले विभिन्न ठाउँमा मानमर्दन गर्ने गरेको बताए । घटनालगत्तै नेपाल पत्रकार महासंघ मोरङ, सञ्चार क्लव नेपाल उर्लावारी, नेपाल पत्रकार मञ्च मोरङ र नेपाल जनजाति आदिवासी पत्रकार महासंघ मोरङले छुट्टाछ्टै विज्ञप्ति निकालेर घटनाको भत्र्सना गरेको छ । पत्रकारमाथि दुर्व्यवहार गर्नलाई कारबाही गर्न पनि विज्ञप्तीमा माग गरिएको छ ।