सोलुखुम्बु : सोलुखुम्बुबाट एक गर्भवति महिलाको बिहीबार हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । सोताङ गाउँपालिका–३ की डोमा राईको उद्धार गरिएको हो ।
लामो समयदेखि प्रसव बेथा लागेकी राईलाई हेलिकोप्टरमार्फत उद्दार गरी काठमाडौँ लगिएको थियो। डोमाले शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरी छोरालाई जन्म दिएको छिमेकी एवं युवा संघ नेपालका केन्द्रीय सदस्य भद्रगोल किराँतीले जानकारी दिए ।
दुई दिनसम्म प्रसव बेथा लागेर प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डाक्टरले सुत्केरी गराउन गरिएको प्रयास सफल नभएपछि काठमाडौं पठाइएको थियो। गत मङ्सिर २० गते सोहि स्थानकी गर्भवति महिला पार्वती बस्नेतकोसमेत उद्दार गरिएको थियो।
हेलिकोप्टरमार्फत एक गर्भवती महिलाको उद्दार
- पुस २०, २०७५ / 769 पटक पढिएको









































































