इटहरी : कृषि मन्त्री चक्रमणि खनाल र राज्यमन्त्री रामकुमारी चौधरीले तरहरामा रहेको कामधेनु दुग्ध बिकास सहकारी संस्थाको अवलोकन गरेका छन् । शनिबार यहाँ आयोजीत असल दुग्ध उत्पादन अभ्यास सम्बन्धि तालिम समापनको अवसर पारेर उक्त डेरीको अवलोकन गरिएको संस्थाका अध्यक्ष बाबुराम खत्रीले जानकारी दिए ।
उनका अनुसार आँपगाछीमा रहेको नयाँ बन्दैगरेको भवनको अवलोकन साथै तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमको आयोजना राखिएको थियो । चारदिनसम्म चलेको उक्त तालिममा प्रदेश १ र प्रदेश २ का गरि दुई दर्जन डेरी सञ्चालक तथा सहकारीहरुलाई असल दुग्ध उत्पादन गर्नका लागि तालिमको आयोजना गरिएको हो । दुग्ध विकास बोर्डका निमित्त कार्यकारी प्रमुख बाबुकाजी पन्त र दुग्ध सम्बन्धि विज्ञ बालक चौधरीले प्रशिक्षण दिएका थिए । उनीहरुले सहभागीहरुलाई असल दुग्ध उत्पादन गरि उपभोक्ता सम्म पुर्याउन सक्नु नै असल कृषक रहेको बताएका थिए ।
कार्यक्रममा सहभागीहरुलाई कृषिमन्त्री खनाल र राज्यमन्त्री चौधरीले प्रमाणपत्र वितरण गर्दै उपभोक्ताको हितको निम्ति काम गर्नका लागि सुझाव दिएका थिए । उनीहरुले केषि क्षेत्रबाट मात्रै मूलुकमा परिवर्तन सम्भव रहने र त्यसका लागि सहि मार्गनिर्देशनको बाटोमा लाग्नका लागि शुभकामना दिए ।
कामधेनुका अध्यक्ष खत्रीले भने आगामी दिनमा पनि उपभोक्ता र कृषक दुवैलाई फाइदा हुने खालका योजना लिएर अगाडि बढ्ने आश्वासन दिए ।




























































