इटहरी : इटहरीको बसपार्क व्यवस्थापन समितिको प्रथम बार्षिक साधरण सभा सम्पन्न भएको छ ।
बसपार्कलाई व्यवस्थापन गर्न निर्माण भएको समितिले पहिलो साधारणसभा सम्पन्न गरेको हो । इटहरी पुर्वको केन्द्र भएकाले सबै स्थानबाट यातायात प्रवेश गर्ने हुदा वपछिल्लो सयम बसपार्कको अवस्था दयनिय हुदै गएको छ । बसपार्क क्षेत्रमा सडकको अवस्था निकै कमजोर भएको भन्दै उपस्थित वक्ताहरुले इटहरी उपमहानगरपालीकाले सुधारकोलागी चासो नदिएको गुनोसो ब्यक्त गरेका छन् ।

कार्यक्रमका उपस्थित बक्ताहरुले बसपार्क सबैको साझा सम्पक्ति भएकाले यसलाई सरकारवाला, स्थानियहरुले संरक्षण गर्नु पर्ने बताएका छन् । ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यलयका प्रमुख शिव कुमार क्षेष्ठ, नागरिक समाजका अध्यक्ष दिनेश रसाईली, होटल व्यवसायीका उमेश दाहाल लगायतका उपस्थिति रहेको थियो । कार्यक्रममा इटहरी उपमहानगरपालीकाको वडा नम्बर ९का वडाध्यक्ष भुपेन्द्र बरालको प्रमुख अतिथ्यता रहेको थियो ।
बसपार्कलाई दिर्घकालीन व्यवस्थापन गर्न सबै पक्षले लाग्नु पर्ने र समितिको मात्र जिम्मेवारी नभएर सबै पक्षले सहयोग गर्नु पर्ने समितिका सचिव महेश कुमार घिमिरेले बताए । कार्यक्रममा बाबुराम गिरिको सभापतित्व रहेको थियो ।