धरान : पाँच दिने आवसीय लिबर्टी फिल्म मेकिङ तालिमको सम्पन्न भएको छ ।

विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना तथा समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा तालिम भएको थियो । तालिममा फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

fil

तालिममा रत्न ज्योति शाक्य, पुनम गिरी, सुमन राई, निश्चल राना, बसन्त अधिकारी, सर्वाग्य राज पाण्डे तथा दिपेश भण्डारीले सहजीकरण गरेका थिए । इटहरीको युवा विकाश केन्द्रमा तालिम आयोजना भएको थियो । तालिममा २२ जना सहभागीहरु थिए ।

सहभागीहरुलाई फिल्म बनाउने आधारभूत बिषयबारे जानकारी दिनुका साथै छोटो समयको सिनेमा निर्माण गर्न फिल्डमा पनि पठाइएको थियो
। सहभागीहरुले तयार पारेको सिनेमालाई दर्शक माँझ प्रस्तुत गरिने पनि आयोजकले जनाएको छ । धरान, इटहरी र बिराटनगरका सहभागी समूहहरुले तयार गरिएका फिल्मलाई पुष २६ गते इटहरी जेसिसको प्रांगणमा प्रदर्शन गर्ने कार्यक्रम रहेको बिकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी दिए ।

bartaman