धरान : माघे सक्रान्ति पर्वको अवसरमा यस वर्ष पनि धरानमा सांगीतिक कार्यक्रम हुने भएको छ । ईष्ट्रन यूथ क्लवले पाचौं संस्करणको माघे सक्रान्ति सांगीतिक कार्यक्रम गर्ने भएको हो ।

धरान–१५ स्थित होटल इजिराइडर्समा माघ १ गते हुने सांगीतिक कार्यक्रममा पोखराकी डिजे सिजलसहित धरानका गायक सुसान्त केसी, डिजे जेन (रेजिना) को प्रस्तुती रहने कार्यक्रम संयोजक अविन लिम्बूले बताए । त्यस्तै, धरानका स्थानीय ब्याण्ड द जुन ब्याण्डको समेत प्रस्तुती रहने छ । २०७० सालमा स्थापना भएको संस्थाले सांगीतिक कार्यक्रम गर्दै सामाजिक सेवा गर्दै आएको छ । कार्यक्रममा खर्च भइ सञ्चित भएको रकम यसपटक गत सालको डस्बिन वितरण कार्यक्रमलाई निरन्तरता दिने संयोजक लिम्बूले बताए ।

गत साल धरानको विभिन्न वडाको चोकहरुमा ७५ वटा डस्बिन वितरण गरिएको थियो । यसपटक पनि अलिक केही बढाएर विभिन्न वडाको चोकहरुमा वितरण गरिने उनले बताए । ‘यसपटक पनि धरानको विभिन्न चोकहरुमा डस्बिन वितरण गर्दैछौ, अवस्था हेरेर वितरण गछौं, किनकी हाम्रो मुल उद्देश्य भनेकै फोहोर व्यावस्थापन गर्ने हो,’ संयोजक लिम्बूले भने । करिब साढे तिन लाख बराबरको डस्बिन वितरण गरिने आयोजकले बताएको छ । कार्यक्रमको सञ्चालन मिस नेपाल आइडल–२०१८ मेरीना तुम्साले गर्ने छिन् । युवा पुस्ताहरुलाई सामाजिक सेवामा लाग्न अभिप्रेरित गराउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिदै आएको आयोजकले जनाएको छ ।