धरानः किंग अफ मेलोडी लोकप्रिय गायक आनन्द कार्कीको धरानमा एकल साँझ हुने भएको छ । एकल साँझ पुस २७ गते शुक्रबार साँझ धरानमा हुनेछ ।

समाज सेवा विशेष गरेर सडक बाल–बालिका लगाएत वृद्ध–वृद्धाहरुमा सेवा पु¥याउँदै आएको संस्था “समर्पण अभियान नेपाल”को आयोजनामा धरान–१५स्थित इजी राइडर होटलमा हुनेछ । ‘सामाजिक दायित्व वहन गर्न मिलाऊँ हातमा हात, समर्पण अभियान नेपालको सेवामा आनन्द कार्कीको साथ’ भन्ने मूल नाराका साथ कार्यक्रम हुने बताइएको छ ।

कार्यक्रमबाट सङ्कलित रकम दुःखी–पिडकहरुलाई सहयोग गरिने समर्पण अभियानका सल्लाहकार तथा युएन कलेजका शिक्षक सर्न सम्बाहाम्फेले बताए । संस्थाले यसअघि पनि धरानको भानुचोकमा सेलरोटी र चिया बिक्री गरी सङ्कलित रकमले इटहरी–१६ स्थित रामजानकी वृद्धाश्रमका वृद्धवृद्धालाई न्यानो लुगा र खाद्यान्न वितरण गरीसकेको छ ।