सुनसरी: मोडल मनिषा सापकोटा र विजय श्रेष्ठ अभिनित नयाँ आधुनिक गीत ‘मनको कुरा मनमै तिमीले किन हो लुकाएको’ चाडै वजारमा आउने भएको छ । 

मोडल सापकोटाका अनुसार छायाँकन सकेर सम्पादनको काम भइरहेको छ । निर्माण टिमले निक्कै मेहनत गरेकाले परिणाम सकारात्मक आउनेमा आफू आशावादी रहेको मोडल सापकोटाले बताइन् । गोदावारीको सुन्दर दृश्यहरुले गीतलाई रोमाञ्चक वनाएको छ । ‘मनको कुरा मनमै तिमीले किन हो लुकाएको’ बोलको गीतको शब्द र आवाज विजय श्रेष्ठको रहेको छ । संगीत जीतेन लेप्चाले दिएका छन् ।

मनिसा सापकोटा उदियमान कलाकार हुन् । म्यूजिक भिडियोको लागि उनको माग वढेको छ । उनले यो समेत पाँच वटा म्यूजिक भिडियोमा अभिनय गरेकी छिन । एउटा फिल्ममा समेत अभिनय गरि सकेकी मनिषाले छुटटै पहिचानका साथ अन्य फिल्ममा अभिनय गर्ने वताएकी छिन ।

49781582_10214798594091181_8373399327531335680_n (1) copy