मोरङ् :  बिराटनगर महानगरपालिका ६ बरमपुरामा सवारी चेकजाँचमा खटिएको ट्राफिक प्रहरी टोलीको गाडीमा ढुङगा प्रहार गर्ने १ जनालाई वडा प्रहरी कार्यालय (क) बिराटनगरले नियन्त्रणमा लिएको छ ।

गएराति जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको टोलीले उक्त स्थानमा सवारी चेकजाँच गरिरहेको अबस्थामा ट्राफिक प्रहरीसंग बादबिबाद गर्दै एक्कासी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको बा १ झ ७८०९ नम्बरको गाडीमा ढुङगा प्रहार गर्ने बिराटनगर ६ का ४२ बर्षीय राम प्रकाश कामतलाई नियन्त्रणमा लिईएको हो । कामतको ढुङगा प्रहारबाट गाडीको दाहिने पट्टीको सिसा फुटेको छ भने पक्राउ परेका कामतलाई वडा प्रहरी कार्यालय (क) बिराटनगरमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।