धरान : पछिल्लो समय चलचित्र बजारमा कलाकार र कथा बस्तुले नयाँ अनुहार र विषय बस्तु पाउन थालेको छ । नेपाली चलचित्र क्षेत्रमा पुरानो पुस्ता बिश्राम लिन खोजेको देखिन्छ भने नयाँ पुस्ताले चलचित्र बजारलाई स्पेशल बनाउने प्रयत्न गरिरहेको छ । त्यहि भिडमा स्पेशल हुन खोज्दैछन् गुरु लामा कार्की । चलचित्र क्षेत्रमा आफ्नो  करियर बनाउने सोच राखेका गुरुले चलचित्र ‘मिराज’बाट ‘डेब्यू’ गर्दैछन् त्योपनि नायकको मुख्य भुमिकामा ।

निर्माता तथा कलाकार प्रकाश सुब्बाले निर्माण गरेको चलचित्र मिराज बैशाखमा देशभर एकै साथ रिलिजको हुने तयारीमा छ । चलचित्र मिराजको कथा बस्तुलाई अहिले निर्माण पक्षले ‘सस्पेन्स’ राखेको छ । ‘यो चलचित्रमा अहिले सम्म कसैको ध्यान नपुगेको फरक किसिमको कथा बस्तु छ’ चलचित्रका नायक गुरु भन्छन् ‘फिल्म एक पटक हैन दोहो¥याएर हेर्ने अबस्था सृजना हुन्छ’ । चलचित्रले हाम्रो समाज र चरित्र बोल्छ त्यसलै मेरो रोजाइमा यो क्षेत्र परेको हो,यो फिल्मले दर्शको मन जित्नेमा म विश्वस्त छु नायक कार्कीले भने । धरानबाट अध्यन सकेर फिल्म खेल्नैका लागि उनी काठमाण्डौ आए । भन्छन् ‘मिराज फिल्मबाट म औपचारीक रुपमा कला क्षेत्रमा प्रबेश गरे यो पहिलो फिल्मले नै मलाई चिनाउने र स्थापित गराउने छ ।’

  चलचित्र मिराजमा नायिकाको भुमिकामा रुवी आचार्य छिन्,उनको पनि यो पहिलो फिल्म हो । फिल्ममा अशोक चेमजोङ,सरोज केसी,तिर्थ याक्सो,शिशिर सुबेदी,केशब रायमाझि,दिनेश कोइराला,भिम लामा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । फिल्मको टे«लर सार्वजनिक हुन केही समय लाग्ने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको निर्देशन प्रकाश सुब्बाले गरेका छन् । सुब्बाले निर्देशन गरेका ेपनि यो पहिलो फिल्म हो । सुब्बाले यसअघि त्रास, बाटो मुनिको फुल–२, गोल लगायत चलचित्रमा अभिनय गरिसकेका छन् ।

mirage