इटहरी  : युवा जमातमा निकै लोकप्रिय रहेका उपन्यासकार सुबिन भट्टराईको कृति ‘समर लभ’ को कथामा निर्माण गरिएको नेपाली चलचित्र यही माघ २५ गतेबाट देशभर प्रर्दशन हुने आइतबार इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

प्रेम सम्बन्ध र विछोडलाई समेटर साहित्यकार भट्टराईले लेखेको उपन्यासलाई वास्तविक रुपमा जस्ताको तस्तै उतार्नका लागि चलचित्र निर्माण गरिएको निर्माता खगेन्द्र श्रेष्ठले वताए । चलचित्रमा अभियन गर्ने कलाकारहरुको जिवन्त अभियान र नाई नभन्नु ल ३ जस्तो सफल चलचित्रको निर्देशन गरिसकेका निर्देशक मुस्कान ढकालको निर्देशनले समेत चलचित्रलाई उत्कृष्ट बनाएको उनले बताए ।
चलचित्रको प्रचारप्रसारका लागि निर्माता श्रेष्ठ, इन्दु भण्डारी नायक आषिश पिया, नायिका रेवती श्रेत्री लगायतको टोली इटहरीमा आएका थिए । करीब साढे दुई करोड बढीको लागत रहेको चलचित्र समर लभ नेपालका विभिन्न ठाउँहरुका साथै नर्वे, सिंगापुर र मलेशियामा समेत शुटिङ भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । चलचित्रका सरोज खनाल, सुरजसिहं ठकुरी, नम्रता सापकोटा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । नेपाली चलचित्रमा यस चलचित्रले राम्रै व्यापार गर्ने लक्ष्य लिइएको छ ।