इटहरी : दौरा सुरुवालमा कालोकोट नेपाली ढाकाटोपी लगाएर नेपाली झण्डा ओढेर इटहरी नगरपरिसरमा हिजो आइतबार साँझपख एकजना हसिला बालक गाडीवाट उत्रिए ।

नगरपालिका परिसरमा उनको भव्य स्वागतको तयारी थियो । इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीले माला र नेपाली टोपी लगाएर स्वागत गरे । यससँगै अन्य आमन्त्रित ब्यक्तित्वहरुले माला र खादा लगाएर वालगायक प्रितम आर्चायको भब्य स्वागत गरे । भारतको जी टिभीवाट प्रशारण भइरहेको चर्चित रियालिटी सो सारेगम लिटिल च्याम्पको टप ३० मा पुग्न सफल इटहरीका बालगायक प्रितम आर्चाय भारतवाट जी टिभिको टोली सहित इटहरी आउँदा उनलाई इटहरी उपमहानगरले सबै नगरवासीहरुको तर्फवाट स्वागत गरेको थियो ।

Singer-Pritam-itahari2

स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले प्रितम इटहरीको मात्र नभएर नेपालकै शान भएको बताए । उनले प्रितमलाई जीताउन सहयोगका लागि अपिल समेत गरेका थिए । बालगायक प्रितमले इटहरी उपमहानगरले गरेको स्वागतबाट अाँफू उत्साहित भएको बताए । उनले भने ‘म भारत जानु अघि पनि इटहरी उपमहानगरले विदाई गरेको थियो आउदा स्वागत, मेयर साबबाट धेरै साथ समर्थन मिलेको छ, म इटहरीको नाम संसार भर फैलाउन चाहन्छु ।’ उनले त्यहाँ नेपाली राष्ट्रिय गीत सहित ३ वटा गीत गाएको बताए । संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले सारेगम लिटिल च्याम्पमा प्रितमले राम्रो गरिरहेको वताउँदै उनलाई सघाउन आग्रह गरे ।