काठमाडौँ  : कलाकार गणेश न्यौपाने ‘मुनाल’को आज निधन भएको छ ।

दमका रोगी ६८ वर्षीय मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिए ।
मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्य’लगायतका टेलिश्रृङ्खलामा अभिनय गर्नुभएको थियो ।

मुनालको आजै अन्तिम संस्कार गरिने भएको छ । उनको पार्थिव शरीर पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि राखिने शर्माले जानकारी दिए । मुनाल काठमाडौँको महाङ्कालका स्थायी बासिन्दा हुन् ।