पथरी: द भ्वाइस अफ नेपालका विजेता र टप ८ ले मोरङ्गको पथरीशनिश्चरेमा माघ २५ गते कन्सर्ट गर्ने भएका छन् ।

कन्र्सट आयोजक पिस ल्याम्प इन्टरनेशनलले आज पथरीमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रम पथरी रंगशालामा हुने जानकारी दिएको हो । कन्सर्टमा रियालिटी शो द भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारी, रनरअपहरु कुशल आचार्य, सप्तक दत्तराज, श्री जव थपलियासहित टप ८ का श्रेया राई, सुरेखा क्षेत्री, अनु शाक्य, विवेक वाइवा लामा च्याङ्गवाले आफुनो प्रस्तुती दिने भएका छन् ।

पथरीका साथै धरान, केर्खा र विर्तामोडमा कन्र्सटको आयोजना गरिएको इन्टरनेशनलका म्यानेजिङ्ग डाइरेक्टर अनुप योन्जनले जानकारी दिए । पथरीमा १५ हजार दर्शकले कन्र्सटमा सहभागीता जनाउने आयोजकले जनाएको छ । कार्यक्रमका लागी ३० लाख खर्च हुने योन्जनले वताए । धरानमा माघ २१ केर्खामा माघ २६ र विर्तामोडमा माघ २३ गते कन्र्सट हुने आयोजकले जनाएको छ ।