धरान: शान्ति सुरक्षाको जिम्मेवारीसँगै नेपाली खेलकुदमा पनि प्रभावशाली रहेको नेपाल प्रहरीले आफ्नो विभागीय टोलीको अवस्था थप सुधार गर्न अभियान सुरु गरेको छ ।

प्रहरी खेलाडीहरुको खेलको अवस्था, सुधार गर्नुपर्ने पक्ष, समुदायसँगको सहकार्यलगायत बिषयमा नेपाल प्रहरी खेलकुद समिति विभिन्न खेलकुद प्रशिक्षक तथा खेलाडीहरुसँग सुझाव संकलन गरिरहेको छ । नेपाल प्रहरी खेलकुद समिति काठमाडौ र समुदाय प्रहरी जिल्ला समिति सुनसरीको संयुक्त आयोजनामा धरानमा जिल्लाका विभिन्न खेलका प्रशिक्षक र खेलाडीहरुसँग नेपाल प्रहरीले अन्र्तक्रिया गरेको हो । सो अन्र्तक्रियामा खेलकुदको क्षेत्रमा गरेको योगदान र कमीकमजोरीको बारेमा पनि छलफल भएको थियो । अन्र्तक्रियामा प्रहरी खेलकुद समितिका सदस्य सचिब रहेका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यातको उपस्थितिमा भएको थियो ।

एआइजी बस्न्यातले विभागीय टिमप्रतिको धारणा जनस्तरबाट बुझ्नको लागि अभियान चलाएको बताए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका एआइजी बस्नयातले नेपाल प्रहरीले खेलकुदमा थप योगदान गर्नको लागि ३ वर्षे रणनीतिक योजना अघि सारिरहेकाले जनस्तरबाट सुझाब संकलन अभियान चलाइएको बताए । ‘प्रहरीको बारेमा के सोच्नु हुन्छ ? प्रहरीको खेलकुदलाई तपाइले टिप्पणी गर्नुपर्यो भने के भन्नुहुन्छ, के कमजोरी छ, कहाँ सुधार गर्नुपर्छ ? त्यो सुझाव संकलन गर्न आएको हो,’एआइजी बस्न्यातले भने,‘हामीले ३ वर्षे रणनीतिक कार्ययोजना बनाउदैछौ, त्यही सुझाव लिन आएको हुँ ।’

S6790008 copy

सुझाब दिनेक्रममा अधिंकाशले नेपालको खेलकुद क्षेत्रमा नेपाल प्रहरीले धेरै योगदान पु¥याएको बताउदै प्रशंसा गरेपनि कमिकमजोरी रहेको समेत औल्याएका थिए । कराँते प्रशिक्षक दिपेश शाक्यले ‘ग्रास लेवल’बाट खेलाडीहरुको उत्पादन हुने हुनाले विद्यालयस्तरबाट नै खेलाडी उत्पादनमा प्रहरीले ध्यान दिनुपर्ने बताए । राम्रो खेलाडीलाई प्रहरीले विभागीय टिममा लगेर खेलाएपनि रोजगारीको ग्यारेन्टीसमेत गर्नुपर्ने बताए । ‘राम्रो खेलाडी छ भने विभागीय टिमले लगिहाल्छ, रोजगारी पनि पाउँछ ।, तर जागिरको ग्यारेन्टि हुँदैन, त्यो जागिरको ग्यारेन्टी गर्नुपर्यो ।’ खेलाडीको विकासको लागि विद्यालयस्तरबाट नै सुरु गनुपर्ने समेत सुझाब दिए । खेलाडीको भविष्य बनाउनको लागि विद्यालयस्तरमा नै खेलकुदमा लगानी गर्नुपर्ने बताए ।

यसैगरी, धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूले खेलाडीहरुमा हुनपर्ने कला कौशल विभागीय टिममा रहेको बताए । सामुदायीक विद्यालयमा पनि प्रहरीले त्रैमासिक, अर्धवार्षिक रुपमा विभन्न खेलमा प्रशिक्षण दिएर सहयोग गर्न आग्रह गरे । त्यसको लागि वडास्तरबाट अथवा नगरस्तरबाट सहकार्य गर्न तयार रहेको समेत सुनाए । त्यसैगरी, खेलकुदको विकासको लागि खेलकुद पूर्वाधारको सुरक्षामा पनि प्रहरीले ध्यान पु¥याउन सके राम्रो हुने सुझाब दिए ।

IMG_1106 copy

नेपाल बास्केबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले नेपाल प्रहरीले खेलकुदको विकासको लागी स्थानीय तहसंग सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । विभिन्न ठाउँमा खेलको पूर्वाधार तथा प्राविधिकहरको पहिचान गरी प्रतियोगीता गराउन सके खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । कराते संघ सुनसरीका अध्यक्ष कुवेरमान राईले पनि विद्यालयस्तरबाट नै प्रशिक्षणको व्यवस्था गर्नुपर्ने धारणा राख्दै राम्रो खेलकुदकर्मीलाई स्वरोजगारको व्यवस्था गर्नुपर्ने सुझाव दिए । यस्तै, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरु समयमा हुन नसक्नु पनि समस्या भएको उनको भनाई थियो ।

धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारीले धरानमा खेलकुद समिति गठन भएको र पुर्वाधारहरु पनि निर्माण भइरहेको बताइन् । प्रहरी र स्थानीयतह बीच सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् । धरान टेवलटेनिस संघका अध्यक्ष नविन श्रेष्ठले प्रहरीको जुनियरस्तरको कार्यालयमा खेलस्तर नबढेको र जुनियर खेलाडीहरुलाई वेवास्ता भएको बताए । साथै, उनले राम्रो खेलाडीहरुलाई छात्रवृत्ति दिएर टिकाउनुपर्ने पनि बताए ।

ब्याडमिन्टन संघका प्रदिप श्रेष्ठले विद्यालयमा खेलकुद सम्बन्धी पाठ्यक्रम समावेश गर्नुपर्ने आवश्यकता रहेको बताए । क्रिकेट संघ सुनसरीका अध्यक्ष चेतनाथ पौडेलले नेपाल प्रहरीमा महिलालाई समेत खेल क्षेत्रमा प्राथमिकता दिनुपर्ने बताए । अन्तरक्रिया कार्यक्रममा इटहरी उपमहानरपालिकाका मेयर द्धारिकालाल चौधरी, संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रमुख एसएसपी सरद खत्री, सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारी, इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमनकुमार  तिम्सिना, जिल्लाका खेलकुदसंग सम्बन्धीत पदाधिकारी, प्रशिक्षक, खेलाडीहरुको उपस्थिती रहेको थियो ।